काठमाडौंमा असोज ५ गते कांग्रेस वडा अधिवेशन, भोलि निर्वाचन अधिकृत खटिंदै
१ असोज, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस काठमाडौंले असोज ५ गते सबै वडामा अधिवेशन गर्ने भएको छ । निर्वाचन अधिकृतसहितको जिल्ला कार्यसमिति बैठक बोलाएर कांग्रेस काठमाडौंले वडा अधिवेशनको तयारी शुरु गरेको छ ।
कांग्रेस काठमाडौंका जिल्ला सभापति कृष्ण सबुज बानियाँको अध्यक्षतामा ज्ञानेश्वरस्थित पार्टी कार्यालयमा बसेको बैठकले अधिवेशन प्रक्रिया शुरु गरेको हो । शनिबारसम्म काठमाडौंका सबै वडामा निर्वाचन अधिकृत खटिने गरी कामको थालनी गरिएको बानियाँले जानकारी दिएका छन् ।
काठमाडौं महानगरसहितका विभिन्न ११ वटा नगरपालिकाका गरी काठमाडौं जिल्लामा १३८ वडा रहेका छन् । ‘असोज ५ गते एकै दिन सबै वडामा अधिवेशन हुन्छ, सभापति बानियाँले भने, भोलिसम्म वडा–वडामा निर्वाचन अधिकृतहरु खटिनु हुन्छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले गत बुधबार काठमाडौंसहित थप सात जिल्लाको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । योसँगै ६४ जिल्लाका कांग्रेस क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक भएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply