आधिकारिक ट्रेड युनियनको अध्यक्षमा केदार देवकोटालाई पठाउने निर्णय
२ असोज, काठमाडौं । नेपाल निजामति कर्मचारी संगठनले आधिकारिक ट्रेड युनियनका पदाधिकारी र सदस्यहरुलाई फिर्ता बोलाएर नयाँ नेतृत्वको नाम सिफारिस गरेको छ ।
चार वर्षअघि भएको निर्वाचनमा अरु संगठनलाई पराजित गरेको निजामति कर्मचारी संगठनले अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षसहित ११ जना प्रतिनिधि पठाएको थियो ।
तत्कालीन अध्यक्ष पुन्य ढकाल उपसचिवमा बढुवा भएपछि उपाध्यक्ष भोला पोखरेल आधिकारिक ट्रेड युनियनको कार्यवाहक अध्यक्ष छन् । युनियनको निर्वाचन नहुँदा अहिलेसम्म सोही कार्यसमिति कायम छ ।
नेपाल निजामति कर्मचारी संगठनको शनिवार बसेको केन्द्रीय समिति बैठकले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा संगठनका अध्यक्ष केदार देवकोटालाई पठाउने निर्णय गरेको छ ।
संगठनको राष्ट्रिय भेलामा महासचिव रेवन्त गौतमले सो जानकारी दिएका हुन् । बैठकले संगठनले आधिकारिक ट्रेड युनियनमा पठाएका उपाध्यक्ष भोलानाथ पोखरेल, कोषाध्यक्ष सिन्धु पाण्डेसहितलाई फिर्ता बोलाउने निर्णय गरेको उनले बताए ।
अब आधिकारिक ट्रेड युनियनको अध्यक्ष केदार देवकोटा, उपाध्यक्ष जीवन काफ्ले, कोषाध्यक्ष रेणुका केसी सिफारिस भएका छन् । त्यस्तै सदस्यहरुमा ललित मल्ल, गौतम पोखरेल, तेजप्रसाद, विवेक घिमिरे, कृष्णवहादुर केसीको नाम पठाइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply