विश्वप्रकाश शर्माले सार्वजनिक गरे २४ बुँद्धे अवधारणा
३ असोज, झापा । सत्तारुढ नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका नेता विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट आफ्ना २४ बुँदे अवधारणा सार्वजनिक गरेका छन् ।
संविधान दिवसको दिन पारेर उनले आफ्ना अवधारणा सार्वजनिक गरेका हुन् । शर्माले २४ बुँदा समेटेर सार्वजनिक गरेका अवधारणामा राजनीतिक छविमा पुनर्ताजगीको आकांक्षादेखि राजनीतिले अब क्रान्तिको भाषा परिवर्तन गर्नुपर्नेसम्मका विषय छन् ।
राजनीतिक परिवर्तनको नेतृत्व दलहरुले गरे, राजनीतिमा परिवर्तन दलहरूको भित्रको परिवर्तनबाट प्रारम्भ हुन्छ । छलफलका प्रस्तावित यी बुँदासँग राजनीतिमा परिवर्तन गर्ने अन्य कयौ विषय तथा सवालहरू हुन सक्दछन् र छन्’, शर्माले आफ्नो अवधारणामा भनेका छन्, जसलाई बहसको केन्द्रमा थप जोड्दै जानु जरुरी छ, ताकी बहसको कारखानाबाट रुपान्तरणको नविन औजारको उत्पादन गर्न सकियोस् ।
उनले राजनीतिमा परिवर्तनको एजेण्डा उठाउनुको अर्थ हो, मूल सङ्लो त समग्र सङ्लो भन्ने मान्यतालाई अघि सारेका छन् । ‘संसारमा जतिसुकै सुन्दर राजनीतिक प्रणाली किन नहोस् जनताको हित र देशको प्रगती प्रणाली मात्रैमा होइन त्यसका सञ्चालकहरुको प्रवृत्तिमा बढी निर्भर हुन्छ । त्यसैले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुँदै गर्दा म सबैको ध्यान यसतर्फ आकर्षित गर्न चाहन्छु । नेपाली कांग्रेसका सदस्यलाई मात्र होइन यो हरेक राजनीतिक दलको सदस्यका लागि पनि हो ।
Political-Agenda-Final-9-19-2021 (1)
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply