विश्वप्रकाश शर्माले सार्वजनिक गरे २४ बुँद्धे अवधारणा
३ असोज, झापा । सत्तारुढ नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका नेता विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट आफ्ना २४ बुँदे अवधारणा सार्वजनिक गरेका छन् ।
संविधान दिवसको दिन पारेर उनले आफ्ना अवधारणा सार्वजनिक गरेका हुन् । शर्माले २४ बुँदा समेटेर सार्वजनिक गरेका अवधारणामा राजनीतिक छविमा पुनर्ताजगीको आकांक्षादेखि राजनीतिले अब क्रान्तिको भाषा परिवर्तन गर्नुपर्नेसम्मका विषय छन् ।
राजनीतिक परिवर्तनको नेतृत्व दलहरुले गरे, राजनीतिमा परिवर्तन दलहरूको भित्रको परिवर्तनबाट प्रारम्भ हुन्छ । छलफलका प्रस्तावित यी बुँदासँग राजनीतिमा परिवर्तन गर्ने अन्य कयौ विषय तथा सवालहरू हुन सक्दछन् र छन्’, शर्माले आफ्नो अवधारणामा भनेका छन्, जसलाई बहसको केन्द्रमा थप जोड्दै जानु जरुरी छ, ताकी बहसको कारखानाबाट रुपान्तरणको नविन औजारको उत्पादन गर्न सकियोस् ।
उनले राजनीतिमा परिवर्तनको एजेण्डा उठाउनुको अर्थ हो, मूल सङ्लो त समग्र सङ्लो भन्ने मान्यतालाई अघि सारेका छन् । ‘संसारमा जतिसुकै सुन्दर राजनीतिक प्रणाली किन नहोस् जनताको हित र देशको प्रगती प्रणाली मात्रैमा होइन त्यसका सञ्चालकहरुको प्रवृत्तिमा बढी निर्भर हुन्छ । त्यसैले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुँदै गर्दा म सबैको ध्यान यसतर्फ आकर्षित गर्न चाहन्छु । नेपाली कांग्रेसका सदस्यलाई मात्र होइन यो हरेक राजनीतिक दलको सदस्यका लागि पनि हो ।
Political-Agenda-Final-9-19-2021 (1)
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply