७ आश्विन २०७८, बिहीबार १२:५०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
दशैंको अग्रिम टिकट बुकिङ असोज ११ गतेदेखि
७ असोज, काठमाडौं । काठमाडौं उपत्यकाबाट घर जाने यात्रुहरूका लागि असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ । यातायात व्यवस्था विभागले आज यातायात व्यवसायी, ट्राफिक प्रहरी महाशाखाको संयुुक्त छलफलले लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ सञ्चालन गर्ने निर्णय गरेको हो ।
असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिऐ । सिटौलाले भने, अग्रिम टिकट बुकिङ खुल्नेसम्म सरकारलाई भाडादर समायोजन गर्ने अपेक्षा राखेका छौं । सडक मर्मतका लागि पनि छलफल भएको छ । सडक मर्मत गरेर गाडि गन्तव्यस्थलसम्म पुर्याउने वातावरण त्यतिञ्जेलसम्म होला । यातायात व्यवस्था विभागले यसपालिको दशैंमा १० लाख मानिसहरू काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरेको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply