राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्यो
७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक प्रमाणीकरण गरेकी छन् ।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइ पेस हुन आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
सभामुख अग्नि सापकोटाको भूमिकाप्रति असन्तुष्टी जनाउँदै प्रमुख प्रतिपक्ष एमाले सांसदहरूको निरन्तरको नारावाजी र अवरोधका बीच सरकारले विनियोजन विधेयक पारित गरेको थियो । प्रमाणीकरणसँगै राजपत्रमा सूचना प्रकाशित भएपछि सरकारलाई बजेट खर्चको बाटो खुल्नेछ ।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्दै प्रतिस्थापन विधेयक ल्याएको थियो ।
प्रतिपक्षको अवरोधका कारण बजेट समयमा पारित नहुँदा सरकारले केही दिन ‘बजेट होलिडे’ को समेत सामना गर्नुपरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय

Leave a Reply