ईपीएल क्रिकेट आजदेखि : ललितपुर र काठमाडौंबीच उद्घाटन खेल
९ असोज, काठमाडौं । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगिता आज देखि शुरु हुँदैछ ।
विश्वमै नाम चलेका विदेशी खेलाडी र भव्य तयारीका कारण बहुचर्चित बनेको ईपीएल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आजदेखि शुरु हुन लागेको हो । उद्घाटन खेलमा दिउँसो सवा १२ बजे ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्ग्स इलाभेन खेल्दै छन् ।
ललितपुर साविकको विजेता पनि हो । ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि ललितपुरको कप्तानी कुशल भुर्तेलले पहिलो पटक कप्तानको रुपमा डेब्यू गर्दैछन् । पहिलो पटक कप्तानी गर्न लागेका कुशलले आफूले पाएको जिम्मेवारी पूरा गर्ने बताए । साथै उनले उत्कृष्ट प्रदर्शन गर्ने पनि बताए ।
पहिलोपल्ट कप्तानी गर्दैछु । मेरा लागि यो अवसर र चुनौती दुवै हो, जिम्मेवारी नयाँ भए पनि आफ्नो व्यक्तिगत प्रदर्शनमा कुनै असर नपर्ने भन्दै कुशलले थपे, ‘व्यक्तिगत प्रदर्शनमा कुनै असर पर्दैन । अझै उत्कृष्ट प्रदर्शन गर्ने जोस आउँछ ।
ललितपुरमा श्रीलङ्काका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, इङ्ग्ल्यान्डका एलेक्स ब्लाके लगायत खेलाडी छन् भने सन्दीप लामिछाने कप्तान रहेको काठमाडौंमा पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी, अफगानिस्तानका रहमान उल्लाह गुर्बाज, सिङ्गापुरका जनक प्रकाश लगायतका खेलाडी रहेका छन् । ६ टिमले खेल्ने प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ र उपविजेताले १५ लाख पाउने छ ।
२०१८ को सिजन भएको समूह चरणको पहिलो खेलमा काठमाडौंमाथि ललितपुरले १० विकेटको जित निकालेको थियो । त्यसपछि पहिलो क्वालिफायर्समा काठमाडौंमाथि ललितपुरले १ विकेटको जित हात पारेको थियो । त्यस्तै २०१७ मा ललितपुरले काठमाडौंलाई ७ विकेटले हराएको थियो । साविकको विजेता ललितपुरले गत सिजनको फाइनल खेलमा भैरहवा ग्लाडियटर्समाथि १४ रनको जित निकालेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply