बिहारमा भेटिए कपनबाट हराएका चार वर्षीय बालक
१२ असोज, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित कपनबाट हराएका एक बालक भारतको बिहारमा सकुशल भेटिएका छन्।
भारतको बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस सोमबार साँझ ४ बजेदेखि सम्पर्कविहीन भएका थिए। उनको खोजी गर्दा बिहारमा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।
विनोदकै साथी शंकर दासले उनलाई बिहार लगेको खुलेको हो। भारतीय प्रहरीसँग समन्वय गरी उनीहरूको खोजी गरिएको थियो।
बिहारमा भएका आफन्तहरूले पियुसको जिम्मा लिइसकेको एसएसपी सिंहले बताए।
यता शंकरमाथि भने प्रहरीले अनुसन्धान थाल्ने भएको छ। उनले किन त्यसरी बच्चा लगे भन्ने अहिले नै खुलिनसकेको प्रहरीले जनाएको छ।
बच्चा लिएर उनी किन बिहार गए भन्ने अहिले नै खुलेको छैन। भारतीय प्रहरीसँग समन्वय भइरहेको छ
मंगलबारसम्म पनि बालक सम्पर्कमा नआएपछि परिवारले प्रहरीको कन्ट्रोल नम्बरमा सम्पर्क गरेको थियो। त्यसपछि प्रहरीले बालकको खोजी थालेको थियो।
विनोद र शंकर दुबै जना काठमाडौंमा सँगै शिशाको काम गर्ने साथीहरू हुन्।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply