१३ आश्विन २०७८, बुधबार ०७:२५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सभामुखविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा
१३ असोज , काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको छ । अन्तिम सुनुवाइका लागि बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासमा पेसी चढेको थियो ।
तर सुनुवाइ नै सुरु नगरी ‘हेर्न नमिल्ने’ आदेश भएको हो । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या अभियोगमा सभामुख सापकोटाविरुद्ध परेको मुद्दा सर्वोच्चमा लामो समयदेखि विचाराधीन छ । पटकपटक पेसी चढे पनि सुनुवाइ सर्दै आएको छ ।
सापकोटाविरुद्ध अर्जुनकी पत्नी पूर्णिमाया लामा, मानवअधिकारकर्मी सुशील प्याकुरेल, पत्रकार कनकमणि दीक्षितलगायतले छुट्टाछुट्टै मुद्दा दायर गरेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply