अदालतको अपहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशलाई सफाइ
१५ असोज, काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायामाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई सफाइ दिएको छ ।
अधिवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले दर्ता गरेको छुट्टाछुट्टै मुद्दाको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदावी नपुगेको ठहर गरेको हो ।
भट्टराई र बस्नेतले चार पूर्व प्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गर्दै मुद्दा दर्ता गरेका थिए । २०७७ पुस ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि चार पूर्वप्रधानन्यायाधीशले त्यसलाई असंवैधानिक भनेपछि उनीहरूविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता भएको थियो ।
सोही मुद्दामा चार पूर्वप्रधानन्यायाधीले फागुन ३ गते सर्वोच्चको अवहेलना नगरेको र प्रतिनिधिसभा विघटन गर्नु गैरसवैधानिक भएको दाबीसहितको लिखित जवाफ पेश गरेका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply