अदालतको अपहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशलाई सफाइ
१५ असोज, काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायामाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई सफाइ दिएको छ ।
अधिवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले दर्ता गरेको छुट्टाछुट्टै मुद्दाको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदावी नपुगेको ठहर गरेको हो ।
भट्टराई र बस्नेतले चार पूर्व प्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गर्दै मुद्दा दर्ता गरेका थिए । २०७७ पुस ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि चार पूर्वप्रधानन्यायाधीशले त्यसलाई असंवैधानिक भनेपछि उनीहरूविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता भएको थियो ।
सोही मुद्दामा चार पूर्वप्रधानन्यायाधीले फागुन ३ गते सर्वोच्चको अवहेलना नगरेको र प्रतिनिधिसभा विघटन गर्नु गैरसवैधानिक भएको दाबीसहितको लिखित जवाफ पेश गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply