पोल भाडा नतिरेका इन्टरनेट, टेलिफोन र केबलका लाइन आजदेखि काटिँदै
१६ असोज , काठमाडौं । आफ्ना पोल, अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिरेका इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन नेपाल विद्युत् प्राधिकरणले आज देखि काट्ने भएको छ ।
बक्यौता बुझाउन र सम्झौता नवीकरण गर्न दिइएको समयसीमा समेत गुजारेपछि प्राधिकरणले त्यस्ता सेवा प्रदायकहरूविरुद्ध कारबाही थाल्ने भएको हो । प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका अनुसार आजदेखि इन्टेरनेट, टेलिफोन र केबल टेलिभिजनको लाइन काटिने छ ।
मुख्य लाइन काट्दा धेरै उपभोक्तालाई असर पर्ने भएकाले सांकेतिक रूपमा एक्सटेन्सन लाइन काटिने निर्देशनालयले जनाएको छ । सेवा प्रदायकहरूले बक्यौता भाडा नतिर्नाका साथै गत चैतदेखि पोल प्रयोगको सम्झौता नवीकरण पनि नगरेको प्राधिकरणले जनाएको छ ।
बक्यौता बुझाउन र सम्झौता नवीकरण गर्न पटक–पटक सूचना जारी गर्दा सुनुवाइ नगरेको प्राधिकरणले जनाएको छ । उता सेवा प्रदायक कम्पनीहरूले भने यसविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । बिहीबार काठमाडौंमा उनीहरूले भेला गरी संघर्ष समिति गठन गरेका हुन्। साथै सेवा प्रदायक कम्पनीका छाता संस्थाहरूले त्यही दिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई ज्ञापनपत्र बुझाएका छन् । ऊर्जामन्त्री भुसालले यस विषयमा समाधान खोजिने आश्वासन व्यवसायीलाई दिएकी थिइन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply