नेपालमा एक करोड ४० लाखले लगाए कोभिडविरुद्धको खोप
१६ असोज, काठमाडौं । नेपालमा एक करोड ४० लाख बढीले कोरोना भाइरस संक्रमणविरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा ८३ हजार तीन सय ७३ मात्रा खोप लगाएसँगै कोरोना विरुद्धको खोप लगाउनेको संख्या एक करोड ४० लाख ४२ हजार ८८८ जना पुगेको स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उनीहरुमध्ये ६३ लाख ४८ हजार २७९ जनाले पूर्ण मात्रा र ७६ लाख ९४ हजार ६०९ जनाले एक मात्रा खोप लगाएका छन् । नेपालमा लक्षित जनसंख्या मध्ये २९.२ प्रतिशतले कोभिड–१९ विरुद्धको दुवै मात्रा खोप लगाएका छन् ।
यता पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ८,२१९ जनाको नमुना परीक्षण गर्दा ८६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९६ हजार ६१८ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९१ हजार ९२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
थप १,१२३ जना निको भएसँगै कोरोना सङ्क्रमण मुक्त हुनेको संख्या सात लाख ६७ हजार ८१९ जना पुगेको छ । थप नौ जनासहित कोरोना भाइरसको सङ्क्रमणको कारण अहिलेसम्म ११ हजार १५७ जनाले ज्यान गुमाएका छन् । अहिले १७ हजार ६४२ जना सक्रिय सङ्क्रमित रहेकामा ३५० जनाको आईसीयू र ११२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply