१८ आश्विन २०७८, सोमबार १४:११
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
लोसपाले मुख्यमन्त्री राउतको राजीनामा माग्ने
१८ असोज, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ले प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने निर्णय गरेको छ ।
आज लोसपा नेपाल प्रदेश–२ का संसदीय दलका नेता जितेन्द्र सोनलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
प्रदेश–२ का मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग आयोगले मारेको छापाका कारण प्रदेश सरकारको गरिमामा नै असर परेको हुनाले मुख्यमन्त्री राउतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सोनलले बताएका छन् ।
मुख्यमन्त्री राउतले सञ्चालन गरेको ‘बेटी बचाउ बेटी पढाउ, मुख्यमन्त्री स्वच्छता कार्यक्रम, विमा कार्यक्रम’ लगायतको बारेमा विभिन्न कोणबाट प्रश्न उठेको र यसको जवाफ मुख्यमन्त्री कार्यालयले दिनुको सट्टा उल्टै आयोगमाथि विभिन्न आरोप लगाएर भ्रष्टाचारलाई ढाकाछोप गर्ने प्रयास भइरहेको लोसपाले निष्कर्ष निकालेको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply