भारतले १० लाख डोज कोभिसिल्ड खोप अर्को साता पठाउने
२० असोज, काठमाडौं । भारतले नेपालले खरिदका लागि ‘अर्डर’ गरिसकेको १० लाख डोज कोभिसिल्ड खोप अर्को साता पठाउने भएको छ ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई सिंहदरबारमा भेटेर यस्तो जानकारी दिएका हुन् । बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राजदूत क्वात्राले मन्त्री खड्कासँग भेट गरेर द्विपक्षीय सम्बन्ध सबै महत्वपूर्ण आयामबारे छलफल भएको बताइएको छ ।
अर्को सातादेखि भारतबाट नेपालमा आपूर्ति हुने कोभिसिल्ड खोपबारे पनि यो भेटमा कुरा भएको छ’, परराष्ट्र मन्त्रालयले भनेको छ, भारतबाट अर्को साता १० लाख डोज कोभिसिल्ड खोप आउने निश्चित भएको छ ।
नेपालमा हालसम्म भारत सरकारको अनुदानबाट १० लाख डोज, सरकार आफैले खरिद गरेको १० लाख डोज, भारतीय सेनाले नेपाली सेनालाई दिएको एक लाख डोज र कोभ्याक्स सुविधा अन्तर्गतको ३ लाख ४८ हजार डोज गरी कूल २४ लाख ४८ हजार डोज खोप आइसकेको छ ।
एक वर्षअघि नै सरकारले २० लाख डोज खोप खरिदका लागि खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई ८० प्रतिशत रकम भुक्तानी गरेको थियो । त्यसमध्ये १० लाख डोज खोप नेपाल आइसकेको छ । तर बाँकी १० लाख डोज खोप सिरमले अहिलेसम्म दिएको थिए । सिरमले नदिएको त्यही खोप अर्को साता पठाउने जानकारी क्वात्राले दिएका हुन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply