मन्त्रीको टुंगो लगाउन नेकपा समाजवादीको स्थायी कमिटी बैठक बस्दै
२१ असोज, काठमाडौं । सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा टुंगो लगाउन नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय तिनकुनेमा बस्ने अध्यक्ष माधव नेपालको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार एकीकृत समाजवादीले चारवटा मन्त्रालय र एक राज्यमन्त्री पाउने मोटोमोटी गठबन्धन दलमा सहमति भइसकेको छ। यद्यपि, दलहरुले अझै कुन कुन मन्त्रालय कसले लिने भन्ने टुंग्याउन सकेको देखिदैन।
स्रोतका अनुसार नेकपा समाजवादीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, कानुन न्याय तथा संसदीय मामिला र सहरी विकास मन्त्रालय छुट्याइएको छ ।
सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रालय छुट्याउँदा अडान राख्न नसकेकोमा समाजवादी पार्टीका नेताहरुले नेतृत्वप्रति असन्तुष्टि प्रकट गरेका छन् । मन्त्री छनोटको मापदण्ड बनाउन बुधबार बसेको समाजवादीको बैठकमा नेपाली कांग्रेस र माओवादीले रोजेर मन्त्रालय लिने आफूहरुले छाडेको लिनुपर्ने अवस्था कसरी सृजना भयो भन्दै सांसद र नेताहरुले बिरोध गरेका थिए ।
मन्त्रालय भागबण्डाः कांग्रेस, माओवादी र जसपालाई रोजीरोजी, छाडेका जति नेकपा समाजवादीलाई
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply