मन्त्रीको टुंगो लगाउन नेकपा समाजवादीको स्थायी कमिटी बैठक बस्दै

२१ असोज, काठमाडौं । सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा टुंगो लगाउन नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय तिनकुनेमा बस्ने अध्यक्ष माधव नेपालको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार एकीकृत समाजवादीले चारवटा मन्त्रालय र एक राज्यमन्त्री पाउने मोटोमोटी गठबन्धन दलमा सहमति भइसकेको छ। यद्यपि, दलहरुले अझै कुन कुन मन्त्रालय कसले लिने भन्ने टुंग्याउन सकेको देखिदैन।
स्रोतका अनुसार नेकपा समाजवादीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, कानुन न्याय तथा संसदीय मामिला र सहरी विकास मन्त्रालय छुट्याइएको छ ।
सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रालय छुट्याउँदा अडान राख्न नसकेकोमा समाजवादी पार्टीका नेताहरुले नेतृत्वप्रति असन्तुष्टि प्रकट गरेका छन् । मन्त्री छनोटको मापदण्ड बनाउन बुधबार बसेको समाजवादीको बैठकमा नेपाली कांग्रेस र माओवादीले रोजेर मन्त्रालय लिने आफूहरुले छाडेको लिनुपर्ने अवस्था कसरी सृजना भयो भन्दै सांसद र नेताहरुले बिरोध गरेका थिए ।
मन्त्रालय भागबण्डाः कांग्रेस, माओवादी र जसपालाई रोजीरोजी, छाडेका जति नेकपा समाजवादीलाई
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply