पौडेल पक्षको अडान : तीन मन्त्रालय चाहियो, दुई प्रदेश नेकपा (एस) लाई हुन्न
२२ असोज , काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसभित्रै सरकारमा सहभागिता र मन्त्री बाँडफाँटको विषयमा कुरा नमिल्न आजको लागि तयारी गरिएको शपथ अहिलेसम्म अन्योलमै छ ।
कांग्रेसमा नेता रामचन्द्र पौडेल समूहले तीन मन्त्रालयमा अडान राखेको छ भने नेकपा एसलाई प्रदेश–१ र वागमती प्रदेशको मुख्यमन्त्री दिन नसकिने अडान राखेको छ । नेकपा एसलाई दुईवटै मुख्यमन्त्री दिन सकिन्न के आधारमा सभापतिले सहमति जनाउनु भएको हो ?, संस्थापनइतर समूहका एक नेताले भने, एक मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ । उनका अनुसार वागमती प्रदेशमा नेकपा एसलाई मुख्यमन्त्री दिने भए प्रदेश–१ मा दिन सकिँदैन ।
संस्थापनइतर समूहका नेता बलबहादुर केसीले पनि तीन वटा मन्त्रालय नपाए आफूहरुको समूह सरकारमा सहभागी हुन नसक्ने जानकारी दिए । हामीले दाबी छाडेका छैनौं । अर्को निर्णय गर्ने कुरा पनि हुँदैन केसीले भने, हामीलाई नसमेट्ने हो भने प्रधानमन्त्रीले आफैं बनाए भयो । नभए पार्टीभित्रको शक्ति सन्तुलन मिलाउनु प¥यो । होइन भने मन्त्री आफैं बनाए भयो हामीलाई सोध्नै परेन । तर प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेल समूहलाई दुईवटा मन्त्रालय दिने तयारी गरेका छन् ।
सो समूहबाट दिलेन्द्रप्रसाद बडु र मीनेन्द्र रिजाल मन्त्री बन्ने तयारी छ । नेता कृष्णप्रसाद सिटौला समूहभित्र पनि भीमसेनदास प्रधान कि उमाकान्त चौधरी भन्ने विवाद रहेको एक नेताले जानकारी दिए । तर सिटौलाले चौधरीलाई नै सरकारमा पठाउने तयारी गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply