पौडेल पक्षको अडान : तीन मन्त्रालय चाहियो, दुई प्रदेश नेकपा (एस) लाई हुन्न
२२ असोज , काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसभित्रै सरकारमा सहभागिता र मन्त्री बाँडफाँटको विषयमा कुरा नमिल्न आजको लागि तयारी गरिएको शपथ अहिलेसम्म अन्योलमै छ ।
कांग्रेसमा नेता रामचन्द्र पौडेल समूहले तीन मन्त्रालयमा अडान राखेको छ भने नेकपा एसलाई प्रदेश–१ र वागमती प्रदेशको मुख्यमन्त्री दिन नसकिने अडान राखेको छ । नेकपा एसलाई दुईवटै मुख्यमन्त्री दिन सकिन्न के आधारमा सभापतिले सहमति जनाउनु भएको हो ?, संस्थापनइतर समूहका एक नेताले भने, एक मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ । उनका अनुसार वागमती प्रदेशमा नेकपा एसलाई मुख्यमन्त्री दिने भए प्रदेश–१ मा दिन सकिँदैन ।
संस्थापनइतर समूहका नेता बलबहादुर केसीले पनि तीन वटा मन्त्रालय नपाए आफूहरुको समूह सरकारमा सहभागी हुन नसक्ने जानकारी दिए । हामीले दाबी छाडेका छैनौं । अर्को निर्णय गर्ने कुरा पनि हुँदैन केसीले भने, हामीलाई नसमेट्ने हो भने प्रधानमन्त्रीले आफैं बनाए भयो । नभए पार्टीभित्रको शक्ति सन्तुलन मिलाउनु प¥यो । होइन भने मन्त्री आफैं बनाए भयो हामीलाई सोध्नै परेन । तर प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेल समूहलाई दुईवटा मन्त्रालय दिने तयारी गरेका छन् ।
सो समूहबाट दिलेन्द्रप्रसाद बडु र मीनेन्द्र रिजाल मन्त्री बन्ने तयारी छ । नेता कृष्णप्रसाद सिटौला समूहभित्र पनि भीमसेनदास प्रधान कि उमाकान्त चौधरी भन्ने विवाद रहेको एक नेताले जानकारी दिए । तर सिटौलाले चौधरीलाई नै सरकारमा पठाउने तयारी गरेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply