२२ आश्विन २०७८, शुक्रबार ०८:२५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
जसपाले छान्यो चार मन्त्री, राजेन्द्रको नेतृत्वमा सरकारमा जाने
२२ असोज, काठमाडौं । पटक–पटकको छलफलपछि जनता समाजवादी पार्टी (जसपा) ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । जसपाका शीर्ष नेताहरुको आज (शुक्रबार) बिहान बसेको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
निर्णयअनुसार जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले नै गर्नेछन् । यस्तै सो पार्टीबाट रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने निश्चित भएको हो । सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीले पनि आज मन्त्रीको अन्तिम टुङ्गो लगाउँदै छन् । आज प्रधानमन्त्री देउवाले झण्डै तीन महिनापछि मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरिरहेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply