ईपीएलको उपाधिका लागि चितवन र पोखरा भिड्दै
२३ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइलन खेल आज हुँदैछ ।
उपाधिका लागि आज चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दैछन् ।
खेल मध्याह्न सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने आयोजकले जनाएको छ । चितवन र पोखरा पहिलो पटक फाइनल पुगेकाले ईपीएलको चौथो संस्करणले आज नयाँ विजेता पाउने छ । यसअघि पहिलो संस्करणमा पञ्चकन्या तेज च्याम्पियन बनेको थियो । त्यसबेला कर्पोरेट शैलीमा प्रतियोगिता भएको थियो ।
दोस्रो संस्करणमा विराटनगर वारियर्स र तेस्रो संस्करणमा ललितपुर प्याट्रिओट्सले उपाधि जितेको थियो । यसपटक दुवै टिम लिग चरणबाटै बाहिरिसकेका छन् । शुक्रबार टीयू मैदानमा भएको फाइनल खेलको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तानले शुक्रबार नै फाइनलका लागि तयार भएको बताएका छन् ।
यस संस्करणमा चितवन र पोखराले दुई खेल खेलेका थिए । दुवै खेलमा चितवनले सहज जित निकालेको थियो । दुवै टोली पहिलो पटक ईपीएलको फाइनलमा पुगेका हुन् ।
सोमपाल कामी कप्तान रहेको चितवनले पहिलो क्वालिफायरमा पोखरालाई नै हराउँदै फाइनल पुग्न सफल भएको हो भने विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्सलाई जित्दै फाइनलमा पुगेको हो । दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रिने छन् । विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply