दशैंको मुखमै दुई नाबालक छोराको हत्यापछि आमाले गरिन् आत्महत्या
२३ असोज, धनुषा । धनुषाको नगराइनकी एक महिलाले दशैंको मुखमा दुई नाबालक छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेकी छिन् ।
धनुषाको नगराईन नगरपालिका–४ लगकी गुरुदेव साहकी श्रीमती गुडियादेवी साहले शुक्रबार साँझ दुई नाबालक छोराको हत्यापछि आफूले पनि आत्महत्या गरेकी हुन् । श्रीमान घर बाहिर रहेको बेला ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्यलाई डोरीले घाँटी कसेर हत्या गरेपछि उनले पनि आत्महत्या गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । गुडियादेवीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
‘श्रीमान केही कामको शिलशिलामा जनकपुर गएको बेला गुडियाले साँझ ६ बजेतिर आफ्नै घरमा दुई नाबालक छोराको डोरीले घाँटी कसेर हत्या गरिछन्,’ बस्नेतले भने, नाबालक दुई छोराको हत्यापछि उनले पनि सोही डोरीले पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धनबाट खुलेको छ । थप अनुसन्धान गरिरहेका छौं ।
प्रहरीका अनुसार गुडियाले घटना गर्नुअघि ३ बजेतिर श्रीमानलाई फोन गरेर घर कतिबजे फर्किने भनेर सोधेकी थिइन् । गुडिया र गुरुदेवबीच प्रेम विवाह भएको थियो । प्रेम विवाह माइती पक्षले हालसम्म स्वीकार नगरेको पाइएको प्रहरीले जनाएको छ ।
‘घरमा श्रीमानसँग कुनै विवाद देखिँदैन, माइतीपक्षले आफ्नो विवाह अस्वीकार गरेकै कारण उनले छोराहरुको हत्यापछि आत्महत्या गरेको जस्तो देखिन्छ,’ डिएसपी बस्नेतले सुनाए । तीनै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply