साफ च्यापियनसिप : शीर्ष स्थानमा रहेको नेपाल आज भारतसँग भिड्दै
२४ असोज, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै छन् । खेल नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्समा शुरु हुनेछ । यसअघिका दुई खेल जितेको नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलङ्कालाई ३–२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक छ । दुई खेलमा बराबरी खेलेको भारत २ अङ्कसहित चौथो स्थानमा छ ।
भारतलाई फाइनल पुग्न अबका बाँकी दुई खेल जित्नै पर्ने दबाब छ । भारतले पहिलो खेलमा बङ्गलादेशसँग १÷१ गोलको बराबरी र दोस्रो खेलमा श्रीलङ्कासँग गोलरहित बराबरी खेलेको थियो । भारतसँगको खेलअघि बोल्दै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीले भारतीय टोलीसँग नडराउने बताएका छन् । उनले नेपाल भारतसँग जित्नकै लागि खेल्ने पनि बताएका छन् ।
भारत साफमा सात पटकको विजेता हो । नेपाल र भारत अहिलेसम्म २१ खेल खेलेकोमा भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएका छन् ।
यसअघि घरेलु मैदान दशरथ रङ्गशालामा भएका दुई मैत्रीपूर्ण खेलमध्ये नेपालले पहिलो खेलमा बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारत २–१ विजयी भएको थियो । त्यस्तै कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसिप जित्ने आफ्नो, टोलीको र नेपाली फुटबलप्रेमीको सपना पूरा गर्न भारतसँगको खेल महत्वपूर्ण रहेको बताएका छन् ।
भारतीय टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमासले पनि नेपालसँग जित्नकै लागि खेल्ने बताएका छन् । उनले नेपाली टोलीले उत्कृष्ट खेलिरहेको पनि बताएका छन् । दक्षिण एसियाका ५ टोली साफ च्याम्पियनसिपमा सहभागी छन् । तीन खेल खेलेको बङ्गलादेश ४ अङ्कका साथ दोस्रो र दुई खेल खेलेको माल्दिभ्स ३ अङ्कका साथ तेस्रो स्थानमा छ । एक अङ्क रहेको श्रीलङ्का पुछारमा छ । नेपाल र भारतको खेल अघि आज बेलुका पौने ५ बजे माल्दिभ्स र श्रीलङ्का पनि खेल्दै छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply