साफ च्यापियनसिप : शीर्ष स्थानमा रहेको नेपाल आज भारतसँग भिड्दै
२४ असोज, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै छन् । खेल नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्समा शुरु हुनेछ । यसअघिका दुई खेल जितेको नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलङ्कालाई ३–२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक छ । दुई खेलमा बराबरी खेलेको भारत २ अङ्कसहित चौथो स्थानमा छ ।
भारतलाई फाइनल पुग्न अबका बाँकी दुई खेल जित्नै पर्ने दबाब छ । भारतले पहिलो खेलमा बङ्गलादेशसँग १÷१ गोलको बराबरी र दोस्रो खेलमा श्रीलङ्कासँग गोलरहित बराबरी खेलेको थियो । भारतसँगको खेलअघि बोल्दै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीले भारतीय टोलीसँग नडराउने बताएका छन् । उनले नेपाल भारतसँग जित्नकै लागि खेल्ने पनि बताएका छन् ।
भारत साफमा सात पटकको विजेता हो । नेपाल र भारत अहिलेसम्म २१ खेल खेलेकोमा भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएका छन् ।
यसअघि घरेलु मैदान दशरथ रङ्गशालामा भएका दुई मैत्रीपूर्ण खेलमध्ये नेपालले पहिलो खेलमा बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारत २–१ विजयी भएको थियो । त्यस्तै कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसिप जित्ने आफ्नो, टोलीको र नेपाली फुटबलप्रेमीको सपना पूरा गर्न भारतसँगको खेल महत्वपूर्ण रहेको बताएका छन् ।
भारतीय टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमासले पनि नेपालसँग जित्नकै लागि खेल्ने बताएका छन् । उनले नेपाली टोलीले उत्कृष्ट खेलिरहेको पनि बताएका छन् । दक्षिण एसियाका ५ टोली साफ च्याम्पियनसिपमा सहभागी छन् । तीन खेल खेलेको बङ्गलादेश ४ अङ्कका साथ दोस्रो र दुई खेल खेलेको माल्दिभ्स ३ अङ्कका साथ तेस्रो स्थानमा छ । एक अङ्क रहेको श्रीलङ्का पुछारमा छ । नेपाल र भारतको खेल अघि आज बेलुका पौने ५ बजे माल्दिभ्स र श्रीलङ्का पनि खेल्दै छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply