एमालेकाे १० औं महाधिवेशन चितवनमा , पाँच लाख कार्यकर्ता उतार्ने तयारी
५ कातिक , काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं महाधिवेशन यहि मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । एमाले स्थायी कमिटी बैठकले चितवनमा केन्द्रिय महाधिवेशन गर्ने निर्णय गरे लगत्तै त्यसको तयारीमा प्रदेश कमिटी जुटेको छ ।
शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले एक हप्ताभित्र स्थान छनोट गरी केन्द्रमा सिफारिस गरिने बताए । पार्टीले महाधिवेशनका लागि कसैसँग चन्दा नमाग्ने बताउँदै उनले उद्घाटन सत्रमा कम्तिमा ५ लाख कार्यकर्ता उतार्ने तयारी रहेको जानकारी दिए ।
प्रचण्डको गृह जिल्ला छानेर काउन्टर दिन खोजेको हो भन्ने पत्रकारको जिज्ञासामा पोखरेलले एमालेको प्रतिस्पर्धा कुनै दलसँग नभई पाँच दलीय गठबन्धनसँग भएको बताए ।
पोखरेलले एमालेले एक्लैले संसदीय चुनावमा बहुमत ल्याउने दावी समेत गरे । एमाले चितवनका इञ्चार्ज काशीनाथ अधिकारीले अनेक धक्का र विश्वासघातका बाबजुद पनि एमाले सशक्त ढंगले अगाडि बढ्ने सन्देश महाधिवेशनले दिने बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply