प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत जाँदै
१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत जाँदै छन्।
त्यहाँको ग्लासगो सहरमा आउँदो नोभेम्बर १–२ मा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ जान लागेका हुन्।
सुरुमा प्रधानमन्त्री देउवा भोलि कात्तिक १३ (अक्टोबर ३०) मा अल पार्टी पार्लियामेन्टरी ग्रुप फर नेपाल (एपीपीजी–एन) र यूके–नेपाल ट्रेड एन्ड इन्भेस्टमेन्ट फोरमले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुनेछन्।
त्यसपछि उनी कात्तिक १४ गते लन्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। साथै गोर्खा भेटेरान्स संगठनका सदस्य, बेलायती सांसद र नेपाली डायस्पोराका अन्य सदस्यसँग भेटघाट गर्नेछन्।
त्यसपछि प्रधानमन्त्री देउवाले कात्तिक १५ (नोभेम्बर १) मा सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन्। साथै उनले विभिन्न राष्ट्र तथा सरकारका प्रमुखहरूसँग द्विपक्षीय साइडलाइन वार्ता गर्नेछन्।
बेलायत बसाइका क्रममा प्रधानमन्त्री देउवाले बेलायत–नेपाल समाज, गैरआवासीय नेपाली संघ र नेपालीहरूसँग भेट गर्नेछन्।
प्रधानमन्त्री देउवाले कात्तिक १५ साँझ बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्र र सरकार प्रमुखहरूको स्वागतामा आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्। कात्तिक १६ गते बेलायती प्रधानमन्त्री जोन्सन र स्कटल्यान्डका फस्ट मिनिस्टरले आयोजना गर्ने ‘ब्रेकफास्ट रिसेप्सन’मा पनि देउवा सामेल हुनेछन्।
यस्तै कात्तिक १७ गते प्रधानमन्त्री देउवाले रोयल बोटनिक गार्डेन भ्रमण गर्नेछन्। त्यस क्रममा उनले त्यहाँ सम्बोधनका साथै नेपाली गार्डेनमा बिरुवा रोप्नेछन्।
प्रधानमन्त्री देउवाको टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय यादवसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन्। नेपाली प्रतिनिधिमण्डल कात्तिक १७ गते बेलायतबाट प्रस्थान गर्नेछ भने १८ गते नेपाल आइपुग्ने कार्यक्रम छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply