एमाले केन्द्रीय कमिटी बैठक बस्दै
१२ कात्तिक, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यसमिति वैठक आज बस्दैछ । तुल्सीलााल अमात्य स्मृति भवनमा आज विहान ११ बजेपछि बस्ने बैठकले हिजोको स्थायी समिति बैठकका निर्णय अनुमोदन गर्नेछ ।
त्यसबाहेक बैठकले कात्तिक ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षाका साथै दशौं राष्ट्रिय महाधिवेशनको बारेमा आवश्यक निर्णयसमेत गर्नेछ ।
हिजो बसेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तयार गरेको थियो । त्यसलाई अनुमोदन गर्ने कार्यतालिका रहेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
त्यस्तै १० बूँदे सहमतिअन्तर्गत कार्यान्वयन हुन बाँकी रहेका बूँदाहरुमा आवश्यकताअनुसार निर्णय हुने भएको छ । भीम रावल, घनश्याम भुसाललगायतका नेताहरुले १० बूँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् ।
मंसिर १० देखि १२ सम्म चितवनमा हुने निर्णय भएको दशौं राष्ट्रिय महाधिवेशनस्थलबाट फर्केका मूल व्यवस्थापन समहितिका सहसंयोजक सुरेन्द्र पाण्डेले त्यहाँ भइरहेका तयारीबारे आजको बैठकमा ‘ब्रिफिङ’ गर्नेछन् ।
एमालेको राष्ट्रिय महाधिवेशन चिवतनको नारायणगढस्थित नारायणी किनारमा उद्घाटन र पर्यटकीय क्षेत्र सौराहामा बन्द सत्र सन्चालन गर्ने तयारी भएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
Leave a Reply