न्यायाधीशहरूले आजदेखि बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ गर्ने
१५ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आफैविरुद्ध आन्दोलित न्यायाधीशरुलाई आज पनि मुद्दाको पेशी तोकेका छन् । यसका लागि ६ वटा इजलास तोकिएका छन् ।
अरु दिनभन्दा फरक आज चाहिँ बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाईका लागि न्यायाधीहरुको बेञ्च तोकिएको छ । अरु मुद्दा स्थगित गरिएका छन् । राणाले भने आफूलाई इजलास तोकेका छैनन् । न्यायलय सुधारको अभियानमा तगारो बनेको भन्दै प्रश्न उठेपछि यही कात्तिक ८ गतेदेखि सर्वोच्चका न्यायाधीशहरु इजलासमा गएका थिएनन् । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जवरालाई भेटेर चौतर्ती प्रश्न उठेपछि पदमा बस्नु उपयुक्त नहुने भन्दै मार्ग प्रशस्त गर्न सुझाव समेत दिइसकेका छन् ।
तर, प्रधानन्यायाधीश राणा भने ८ दिनदेखि आफू संवैधानिक बाटोबाट आएको र संवैधानिक बाटोबाटै विदा हुने बताउँदै आएका छन् । यसैक्रममा उनले आइतबार न्यायाधीश मनोजकुमार शर्मामार्फत इजलासमा नबसेका न्यायाधीशहरुलाई आफू ‘ग्रसफूल एक्जिट’ (सम्मानजनक बहिर्गमन) को पक्षमा रहेको बताएका छन् ।
उनले त्यस्तो प्रस्ताव राखेपछि न्यायाधीशहरुका तर्फबाट तीन न्यायाधीश अनीलकुमार सिन्हा, सपनाप्रधान मल्ल र डा. मनोजकुमार शर्मा रहेको अनौपचारिक कार्यदल बनाएर प्रधानन्यायाधीशसँग कुराकानी गरेका थिए । त्यसपछि प्रधान्यायाधीशको इच्छा अनुसार उनीहरु प्रधानन्यायाधीशले तोकेका मध्ये बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्न तयार भएका हुन् ।
पेशी प्रधानन्यायाधीशले तोक्ने र उनले पेशी तोकिसकेपछि यो मुद्दा हेर्छु यो हेर्दिन भन्न नमिल्ने भएपछि दुबै पक्षको समझदारीमा प्रधानन्यायाधीश जवराले आज १० न्यायाधीशका लागि ६ इजलास तोकेका हुन् । चार वटा संयुक्त र दुईटा एकल इजलास उनले तोकेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply