सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) को दाबी
१५ कात्तिक, सुर्खेत । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) ले दाबी गरेको छ । सोमबार प्रदेश राजधानी धनगढीमा पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएको हो ।
पत्रकार सम्मेलनमा सुदूरपश्चिम इञ्चार्ज गरिमा शाहले प्रदेशसभाको सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व पाउनुपर्ने बताइन् । नेकपा एकीकृत समाजवादीको कात्ति १० गते धनगढीमा सम्पन्न प्रदेश कमिटीको बैठकले प्रदेश सरकारमा दाबी गर्ने निर्णय गरेको भन्दै उनले ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने आफूहरूले पाउनु पर्ने बताइन् ।
नेकपा (एकीकृत समाजवादी) का सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रम शाहीको अध्यक्षतामा बसेको बैठकले सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने गरी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको थियो । यता कात्तिक १० गते वागमती प्रदेशमा नेकपा एमालेको सरकारलाई विस्थापित गर्दै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बनेको छ ।
यस्तै आज प्रदेश–१ मा नेतृत्व गरिरहेको नेकपा एमालेको सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । गठबन्धनको सहमतिअनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको भनिए पनि नेकपा एकीकृत समाजवादी पार्टी दाबी गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply