१७ कार्तिक २०७८, बुधबार ०२:१२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
जाजरकोटमा ट्याक्टर दुर्घटना तीन जनाको मृत्यु,सहचालक गम्भीर घाइते
१७ कात्तिक, जाजरकोट । जाजरकोटको नलगाडमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । नलगाड नगरपालिका–५ कालीमाटी बजारदेखि सामान लिएर बारेकोट गाउँपालिकातर्फ गइरहेको ट्याक्टर नलगाड–५ पोखरागाउँ नजिकै मंगलवार राति झुल्के डाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा नलगाड नगरपालिका–५ पारीगाउँका ६० वर्षीय दलबहादुर खत्री, उनका छोरा ३२ वर्षीय सुरेश खत्री र चालक नलगाड–७ दल्लीका २५ वर्षीय चंखलाल बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडकबाट करिब ५ सय मिटरको तल तीन जनाको लाश फेला परेको प्रहरी नायव डीएसपी मधुकुमार थापाले बताए । दुर्घटनामा ट्याक्टरका सह–चालक नलगाड–७ वगाराका १७ विनोद परियार गम्भीर घाइते भएको र निजलाई हाल प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा ल्याएर उपचार थालिएको डिएसपी थापाले बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply