विश्वासको मत लिएर मात्र मन्त्रिमण्डल विस्तार गर्ने मुख्यमन्त्री राईको तयारी
२४ कात्तिक, मोरङ । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि मात्र प्रदेश–१ सरकार विस्तारको तयारी गरिएको छ ।
मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएर मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन् । कात्तिक १५ गते राईले शपथ लिई चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति गरेका थिए । पाँच दलीय गठबन्धनको सरकारलाई मन्त्रिमण्डल विस्तार गर्ने र भागबण्डा छिटो गर्नुपर्ने बाध्यता छ ।
राईले कात्तिक २६ गते विश्वासको मत लिने आन्तरिक तयारी गरेका थिए । तर, मंगलबारको लागि तय भएको प्रदेश सभा बैठक ३० गते सारिएको छ । नेकपा एकीकृत समाजवादीका सांसद उपेन्द्र घिमिरेले मुख्यमन्त्रीले छिट्टै विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
घिमिरेका अनुसार मंसिर ३० गतेको बैठकमा विश्वासको मत लिने सम्भावना छ । विश्वासको मत लिनुभन्दा दुई दिनअघि नै प्रदेशसभा सचिवालयलाई जानकारी गराउनु पर्छ । प्रदेश–१ मा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एस), जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धनको सरकार बनेको छ । प्रदेश सभामा विश्वासको मत लिन ४७ मत चाहिन्छ । गठबन्धनसँग ५० सांसद छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply