विश्वासको मत लिएर मात्र मन्त्रिमण्डल विस्तार गर्ने मुख्यमन्त्री राईको तयारी
२४ कात्तिक, मोरङ । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि मात्र प्रदेश–१ सरकार विस्तारको तयारी गरिएको छ ।
मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएर मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन् । कात्तिक १५ गते राईले शपथ लिई चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति गरेका थिए । पाँच दलीय गठबन्धनको सरकारलाई मन्त्रिमण्डल विस्तार गर्ने र भागबण्डा छिटो गर्नुपर्ने बाध्यता छ ।
राईले कात्तिक २६ गते विश्वासको मत लिने आन्तरिक तयारी गरेका थिए । तर, मंगलबारको लागि तय भएको प्रदेश सभा बैठक ३० गते सारिएको छ । नेकपा एकीकृत समाजवादीका सांसद उपेन्द्र घिमिरेले मुख्यमन्त्रीले छिट्टै विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
घिमिरेका अनुसार मंसिर ३० गतेको बैठकमा विश्वासको मत लिने सम्भावना छ । विश्वासको मत लिनुभन्दा दुई दिनअघि नै प्रदेशसभा सचिवालयलाई जानकारी गराउनु पर्छ । प्रदेश–१ मा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एस), जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धनको सरकार बनेको छ । प्रदेश सभामा विश्वासको मत लिन ४७ मत चाहिन्छ । गठबन्धनसँग ५० सांसद छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
Leave a Reply