२५ कार्तिक २०७८, बिहीबार ०४:३१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गियो, मंसिर तेस्रो साता महाधिवेशन
२५ कात्तिक, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता विवादको टुङ्गो लगाएको छ ।
पछिल्लो समय विवाद रहेको रौतहट र रसुवाको विवाद टुङ्गो लागेसँगै सबै जिल्लाको विवाद टुङ्गिएको हो ।
विवाद टुङ्गो लागेसँगै कांग्रेसले सबै जिल्लाको क्रियाशील सदस्यता नामावली वेबसाइटमार्फत सार्वजनिक गरेको छ । कांग्रेसको नयाँ कार्यतालिकाअनुसार पर्सिदेखि रोकिएका अधिवेशन प्रक्रिया शुरु गरेर आउँदो मंसिर २४ गतेदेखि २६ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति तोकिएको छ ।
कार्यतालिकाअनुसार कांग्रेसले पर्सी रोकिएका १४ जिल्लाको वडा तहदेखिका अधिवेशन शुरु गर्ने, मंसिर १० भित्र जिल्ला अधिवेशन गर्ने, मंसिर १६ र १७ मा प्रदेश अधिवेशन र मंसिर २४ गतेदेखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply