सर्वोच्च ठप्प, बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि हेरेनन् न्यायाधीशहरूले
२६ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नियमित काम बहिस्कार गरेका न्यायाधीशहरूले शुक्रबार इजलास नै ठप्प पारेका छन्।
यसअघि बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ गरेका न्यायाधीशहरूले शुक्रबार भने ती मुद्दामा पनि सुनुवाइ नगरेका हुन्।
शुक्रबारका लागि ८ वटा इजलासमा २ सय २३ वटा रिट पेशी तोकिएको थियो। तर आठ वटै इजलास बसेनन्। न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा बन्दीप्रत्यक्षीकरणको रिट पहिलो नम्बरमै पेशी थियो। तर शर्मा र श्रेष्ठले बन्दीप्रत्यक्षीकरणको रिट हेर्न पनि इजलासमा बसेनन्।
प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा पनि एउटा बन्दीप्रत्यक्षीकरणको रिट तोकिएको थियो। उनीहरुले पनि उक्त रिटको समेत सुनुवाइ गरेनन्।
यसअघि सुरुमा पूरै इजलास बहिस्कार गरेका न्यायाधीशहरूले एक सातापछि बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ गर्न थालेका थिए। कात्तिक ८ गतेबाट आन्दोलन थालेका न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग इजलासमा बसेका छैनन्। बन्दी बाहेकका रिटमा सुनुवाइ समेत गरेका छैनन्।
न्यायाधीशहरु इजलासमा बस्न नमानेपछि प्रधानन्यायाधीशले आफ्नो एकल इजलासबाट नियमित मुद्दाको सुनुवाइ गर्दै आएका छन्। शुक्रबारका लागि भने उनले आफ्नो इजलास राखेका थिएनन्।
गत मंगलबारबाट प्रधानन्यायाधीशले भने नियमित मुद्दाको पनि पेशी तोक्न थालेका हुन्।
शुक्रबार नेपाल बारले प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चको गेटमा धर्ना दिएको छ। बारको धर्नाका कारण ११ बजे मात्रै सर्वोच्च पुगेका राणासहित सबै न्यायाधीशहरु मुलगेट नभएर अर्को गेटबाट भित्र पुगेका थिए।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply