सर्वोच्च ठप्प, बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि हेरेनन् न्यायाधीशहरूले
२६ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नियमित काम बहिस्कार गरेका न्यायाधीशहरूले शुक्रबार इजलास नै ठप्प पारेका छन्।
यसअघि बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ गरेका न्यायाधीशहरूले शुक्रबार भने ती मुद्दामा पनि सुनुवाइ नगरेका हुन्।
शुक्रबारका लागि ८ वटा इजलासमा २ सय २३ वटा रिट पेशी तोकिएको थियो। तर आठ वटै इजलास बसेनन्। न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा बन्दीप्रत्यक्षीकरणको रिट पहिलो नम्बरमै पेशी थियो। तर शर्मा र श्रेष्ठले बन्दीप्रत्यक्षीकरणको रिट हेर्न पनि इजलासमा बसेनन्।
प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा पनि एउटा बन्दीप्रत्यक्षीकरणको रिट तोकिएको थियो। उनीहरुले पनि उक्त रिटको समेत सुनुवाइ गरेनन्।
यसअघि सुरुमा पूरै इजलास बहिस्कार गरेका न्यायाधीशहरूले एक सातापछि बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ गर्न थालेका थिए। कात्तिक ८ गतेबाट आन्दोलन थालेका न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग इजलासमा बसेका छैनन्। बन्दी बाहेकका रिटमा सुनुवाइ समेत गरेका छैनन्।
न्यायाधीशहरु इजलासमा बस्न नमानेपछि प्रधानन्यायाधीशले आफ्नो एकल इजलासबाट नियमित मुद्दाको सुनुवाइ गर्दै आएका छन्। शुक्रबारका लागि भने उनले आफ्नो इजलास राखेका थिएनन्।
गत मंगलबारबाट प्रधानन्यायाधीशले भने नियमित मुद्दाको पनि पेशी तोक्न थालेका हुन्।
शुक्रबार नेपाल बारले प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चको गेटमा धर्ना दिएको छ। बारको धर्नाका कारण ११ बजे मात्रै सर्वोच्च पुगेका राणासहित सबै न्यायाधीशहरु मुलगेट नभएर अर्को गेटबाट भित्र पुगेका थिए।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply