कानुन व्यवसायीले आइतबार पनि सर्वोच्चमा धर्ना दिने
२७ कात्तिक, काठमाडौं । नेपाल बार एशोसियसनले आइतबार पनि सर्वोच्च अदालतको मुलगेट अगाडि धर्ना दिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको बारले जबरालाई सर्वोच्चमा प्रवेश निषेध गर्ने जनाएको छ ।
प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म आन्दोलन जारी रहने बारका महासचिव अधिवक्ता लीलामणी पौडेलले बताए । एशोसिएसन अध्यक्ष अधिवक्ता चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश राजीनामाको विकल्प नभएको बताए । उनले भने, न्यायीक क्षेत्रको विचलनमा प्रधानन्यायाधीशको पनि भूमिका देखिएको छ। उहाँको राजीनामा नै हाम्रो बटम लाइन हो । आइतबार बिहान १० देखि ११ बजेसम्म सर्वोच्चको मुलगेट अगाडि धर्ना दिने कार्यक्रम तय भएको छ ।
बारले कानुन व्यवसायीहरुलाई आइतबार बिहान ९ बजे बारमा उपस्थित हुन आह्वान गरेको छ । १९ न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरेका छैनन् तर, प्रधानन्यायाधीशले इजलास तोक्दै आएका छन् । कानुन व्यवसायीहरुले बहस पैरबी नगर्ने घोषणा गरिसकेका छन् । शुक्रबार कानुन व्यवसायीहरुले सर्वोच्चको मुल गेट अगाडि धर्ना दिएपछि अर्को गेटबाट प्रधानन्यायाधीश सर्वोच्च प्रवेश गरेका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply