मुस्ताङ भिषण हिमपहिरो, भागदौडमा ९ जना घाइते
२८ कात्तिक, मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ याङ्दान खर्कमा हिमपहिरो गएको छ । हिमपहिरोको डरले भागदौड हुँदा ९ जना घाइते भएका छन् । घाइतेहरुको जोमसम अस्पतालमा उपचार भइरहेको थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले जानकारी दिएकी छिन् ।
आइतबार बिहान ११ बजेर ४० मिनेटमा टुकुचे पिक हिमालबाट हिम पहिरो खसेको मुस्ताङका जिल्ला प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन् । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार अहिलेसम्म हिमपहिरोका कारण भएको मानवीय क्षतिको विवरण आइसकेको छैन ।
पहिरोबाट चौरी गोठ तथा गोठालाहरुलाई क्षति भएको हो भन्ने आशंका गरिएको उनले जानकारी दिइन् । घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली त्यसतर्फ गएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए । पहिरो गएको स्थान गाउँपालिकाको कार्यालयदेखि हिंडेर दुई घण्टा लाग्ने उपप्रमुख शेरचनले बताइन् । घटनाको थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिइन् ।
मुस्ताङको थासाङ गाँउपालिका–३ स्थित कोवाङको याङदेल खर्कमा हिमपहिरो खसेको हो । उक्त हिमपहिरो स्थानीय कृषकहरूको पशुपालन क्षेत्रमा आएकाले क्षति भएको अनुमान छ । हिमपहिरो गएपछि अहिले प्रहरीको टोली त्यहाँ पुगिसकेको छ । हिमपहिरो झरेपछि स्थानीय भने त्रसित भएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply