मुस्ताङ भिषण हिमपहिरो, भागदौडमा ९ जना घाइते
२८ कात्तिक, मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ याङ्दान खर्कमा हिमपहिरो गएको छ । हिमपहिरोको डरले भागदौड हुँदा ९ जना घाइते भएका छन् । घाइतेहरुको जोमसम अस्पतालमा उपचार भइरहेको थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले जानकारी दिएकी छिन् ।
आइतबार बिहान ११ बजेर ४० मिनेटमा टुकुचे पिक हिमालबाट हिम पहिरो खसेको मुस्ताङका जिल्ला प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन् । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार अहिलेसम्म हिमपहिरोका कारण भएको मानवीय क्षतिको विवरण आइसकेको छैन ।
पहिरोबाट चौरी गोठ तथा गोठालाहरुलाई क्षति भएको हो भन्ने आशंका गरिएको उनले जानकारी दिइन् । घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली त्यसतर्फ गएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए । पहिरो गएको स्थान गाउँपालिकाको कार्यालयदेखि हिंडेर दुई घण्टा लाग्ने उपप्रमुख शेरचनले बताइन् । घटनाको थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिइन् ।
मुस्ताङको थासाङ गाँउपालिका–३ स्थित कोवाङको याङदेल खर्कमा हिमपहिरो खसेको हो । उक्त हिमपहिरो स्थानीय कृषकहरूको पशुपालन क्षेत्रमा आएकाले क्षति भएको अनुमान छ । हिमपहिरो गएपछि अहिले प्रहरीको टोली त्यहाँ पुगिसकेको छ । हिमपहिरो झरेपछि स्थानीय भने त्रसित भएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply