प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा नबस्न न्यायाधीशहरूलाई बारको पत्र
२८ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र उनले तोकेको इजलासमा सहभागी नहुन आग्रह गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुलाई छुट्टाछुट्ट चिठी पठाएको छ ।
बार महासचिव लीलामणि पौडेलले सबै न्यायाधीशलाई पत्र पठाएको बताए । प्रधानन्यायाधीशमाथि हामीले गम्भिर आरोप लगाएर उहाँको राजीनामा माग गरिएकाले उहाँले तोकेको इजलासमा नबस्न र मुद्दाको सुनुवाई नगर्न माग गरेर अनुरोध सहित पत्र पठाएको हो ।
सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषीराम घिमिरेका अनुसार, चिठीमा प्रधानन्यायाधीशमाथि आरोप लागेकाले उनले तोकेको इजलासमा संलग्न नभई उनलाईं असहयोग गर्न सबै न्यायाधीशहरुलाई अनुरोध गरिएको हो । प्रधानन्यायधीश जबरालाई भने चिठी नपठाइएको बार महासचिव पौडेलले बताए । उनले भने, उहाँको राजीनामा माग गरेर हामी आन्दोलित भएका छौं । उहाँलाई किन चिठी चाहियो र ?
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply