२९ कार्तिक २०७८, सोमबार ०४:५७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सर्वोच्च परिसरमा पत्रकारहरुलाई प्रवेश निषेध !
२९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै काननु व्यवसायीले जारी राखेको आन्दोलनको रिपोर्टिङ गर्न जाने पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ ।
आइतबारसम्म पत्रकारहरु सर्वोच्च परिसरभित्रै प्रवेश गरी रिपोर्टिङ गर्दै आएका थिए । सोमबार भने पास भएका पत्रकारहरुलाई समेत प्रहरीले प्रवेशमा रोक लगाएको छ ।
सर्वोच्च परिसरमा सुरक्षार्थ खटिएका एकजना प्रहरी अधिकृतले भने, ‘माफ गर्नुहोला, आज पास भएका/नभएका सबै पत्रकारहरुलाई प्रवेश गर्न नदिने निर्देशन छ ।
प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि उनीविरुद्ध नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले कात्तिक १४ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् । आन्दोलनलाई लक्षित गरी सर्वोच्च अदालत भित्र र बाहिरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply