प्रधानन्यायाधीशले वार्तामा बोलाएपछि दुबै बार र आन्दोलित न्यायाधीशको संयुक्त वैठक
२८ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनका पदाधिकारी र प्रधानन्यायाधीशका विरुद्ध आन्दोलित न्यायाधीशहरु छलफलमा जुटेका छन् । प्रधानन्यायाधीशले नेपाल बारलाई वार्तामा आउन आग्रह गरेपछि अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन बार र न्यायाधीशहरूबीच छलफल भएको हो ।
जबराले सोमबार विज्ञप्ति निकालेर दुवै बारलाई वार्तामा बोलाएपछि आन्दोलित न्यायाधीशहरु र दुवै बारका पदाधिकारीबीचको बैठक अहिले सर्वोच्च अदालतको एनेक्स भवनमा बसेको हो । न्यायाधीशहरूले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका छन् भने बारले पनि प्रधानन्यायाधीशको राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने बताएको छ । यसैबीच आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबार विज्ञप्ति जारी गर्दै वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरूको सम्बोधनको उपयुक्त विकल्प संवाद नै भएको प्रष्ट पारेका थिए ।
उनले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनलाई संवादका लागि आह्वान गरेका हुन् । तर प्रधानन्यायाधीशको आह्वान लगत्तै नेपाल बारको बैठकले प्रधानन्यायाधीशसँग वार्ता नगर्ने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply