विप्लवको बन्दले गाडी नचल्दा यात्रुलाई सास्ती
३० कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ।
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको बिरोधमा चरणबद्ध कार्यक्रम गर्दै आएको नेकपाले आजका लागि नेपाल बन्द आह्वान गरेको हो।
विशेषगरेर बन्दको कारण सबारी साधन नचल्दा यात्रुहरुले सास्ती पाएका छन्।
काठमाडौँ उपत्यकामा बिहानैदेखि गाडी नचल्दा उपत्यका बाहिरबाट राजधानी भित्रिएका यात्रुहरुको बिचल्ली भएको छ। उनीहरु रातिदेखि नै सवारी साधनको प्रतिक्षामा सडकमा बसेका छन्।
काठमाडौंको नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु लगायतका ठाउँमा रहेका यात्रुले गन्तव्यमा जानको लागि सबारी साधन पाएका छैनन्। काठमाडौं उपत्यकामा रातिदेखि नै ट्याक्सीसमेत नचल्दा यात्रुहरुले अझ सास्ती पाएका छन्।
बिहानैदेखि काठमाडौँ उपत्यकाबाट लामो गन्तव्यका लागि छुट्ने कुनै पनि सबारी साधन नचलेका नागढुंगा प्रहरीले जनाएको छ।
प्रहरी प्रभाव नागढुंगाकी प्रमुख प्रहरी निरीक्षक निरु दुवालका अनुसार गएराति फाट्टफुट्ट रुपमा सवारी साधन चलेका भए पनि आज बिहानबाट भने नागढुंगा नाकाबाट सबारी साधनको आवतजावत ठप्प छ।
बन्दको कारण राजधानीमा पसलहरु पनि खुलेका छैनन्। उपत्यका बाहिरका पनि बन्दको प्रभाव परेको छ। विशेष गरेर सार्वजनिक सबारी साधनमा बन्दको प्रभाव परेको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply