सत्ता गठबन्धनको समन्वय समितिको पहिलो बैठक बस्दै
३० कात्तिक, काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले गठन गरेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलाे बैठक आज बस्दै छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित समितिको बैठक सिंहदरबारमा बस्ने भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसो २ बजे बस्ने संयोजक पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए।
पाँचदलीय गठबन्धनले आगामी दिनमा चुनावी तालमेल गर्न, सरकारका काम/कारबाहीमा समन्वय गर्न, गठबन्धनबीच अन्तर्विरोध भए निवारण गर्न भन्दै कात्तिक २२ गते समन्वय समिति गठन गरेको हाे।
त्यसयता मंगलबार यसकाे पहिलो बैठक बस्न लागेको हो।
संयोजक पौडेलका स्वकीय सचिव अधिकारीले पहिलो बैठक भएकाले एजेन्डा तय भइनसकेको बताए।
पहिलो बैठक हो। ठोस एजेन्डा के–के हुन् भन्नेबारे केही भनिएको छैन’ उनले भने, बैठक बसेर समितिले के–के गर्ने भन्ने छलफल हुने भनिएको छ। बैठकको समन्वय सञ्चारमन्त्रीले गरिरहनुभएको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply