सर्वोच्चमा गोलाप्रथा लागू गरिने, नियमावली र निर्देशिका पारित
२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतको ‘फुलकोर्ट’ बैठकले पेसी तोक्दा गोलाप्रथा प्रणाली लागु गर्नका लागि नियमावली र निर्देशिका पारित गरेको छ । आज बसेको फुलकोर्ट बैठकले उक्त नियमावली र निर्देशिका पारित गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको फुलकोर्ट बैठकमा उनी स्वयं भने सहभागी भएनन् । तर, सर्वोच्चका बाँकी १९ जना न्यायाधीशको बैठकले गरेको निर्णयमा प्रधानन्यायाधीश जबराले हस्ताक्षर गरेका हुन् । सर्वोच्चका न्यायाधीशहरूले उक्त माग गर्दै आएका थिए ।
बिहीबार प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनको अगुवाईमा बाहिर धर्ना र विरोध प्रदर्शन भइरहँदा भित्र प्रधानन्यायाधीशकै अध्यक्षतामा फूलकोर्ट बैठक बसेर सो निर्णय गरेको हो । यसका लागि सर्वोच्च प्रशासनले ८२ वटा गोला समेत तयार गरिसकेको छ । गोला प्रथा लागू गर्न सबै तयारी गरेपछि सर्वाेच्चले फुलकोर्ट बोलाएको हो ।
नेपाल बारले केही समयअघि प्रधानन्याधीश चोलेन्द्र शमशेर राणालाई भेटेर १५ दिनभित्र गोलाप्रथाबाट पेसी तोक्न र न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यन्वयन गर्न माग गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply