सर्वोच्चमा आज पनि कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी
३ मंसिर, काठमाडौं । सर्वोच्च अदालत परिसरमा आज पनि कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ । प्रहरीले धर्नास्थलमा कानुन व्यवसायीलाई रोक्न खोज्दा घम्साघम्सी भएको हो । अहिले सर्वोच्च परिसरमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ ।
हिजो पनि प्रदर्शनमा रहेका कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको थियो । प्रहरीले बल प्रयोग गर्दा केही कानुन व्यवसायी घाइते भएका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोधमा कानुन व्यवसायीले गएको १४ गतेदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।
हिजो राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बार एशोसिएसनको अगुवाइमा भइरहेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो । यस्तै, हिजो सर्वाेच्च अदालतका न्यायाधीशको पूर्ण बैठक अर्थात फुल कोर्टले गोला प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गरेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका १८ जना न्यायाधीशको आज बसेको बैठकले प्रधानन्यायाधीशले इजलास तोक्ने व्यवस्था परिवर्तन गर्दै गोला प्रणालीमार्फत इजलास तोक्ने प्रावधानसहितको नियमावली पारित गरेको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply