सर्वोच्चमा आज पनि कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी
३ मंसिर, काठमाडौं । सर्वोच्च अदालत परिसरमा आज पनि कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ । प्रहरीले धर्नास्थलमा कानुन व्यवसायीलाई रोक्न खोज्दा घम्साघम्सी भएको हो । अहिले सर्वोच्च परिसरमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ ।
हिजो पनि प्रदर्शनमा रहेका कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको थियो । प्रहरीले बल प्रयोग गर्दा केही कानुन व्यवसायी घाइते भएका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोधमा कानुन व्यवसायीले गएको १४ गतेदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।
हिजो राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बार एशोसिएसनको अगुवाइमा भइरहेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो । यस्तै, हिजो सर्वाेच्च अदालतका न्यायाधीशको पूर्ण बैठक अर्थात फुल कोर्टले गोला प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गरेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका १८ जना न्यायाधीशको आज बसेको बैठकले प्रधानन्यायाधीशले इजलास तोक्ने व्यवस्था परिवर्तन गर्दै गोला प्रणालीमार्फत इजलास तोक्ने प्रावधानसहितको नियमावली पारित गरेको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply