सर्वोच्चका सबै न्यायाधीश २५ दिनपछि इजलास फर्किएर मुद्दा हेर्न थाले
३ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका सबै न्यायाधीश इजलास फर्किएका छन्। प्रधानन्यायाधीशविरुद्ध आन्दोलन थालेर कात्तिक ८ गतेदेखि इजलास बहिष्कार गरेका सबै न्यायाधीशले शुक्रबारदेखि मुद्दा हेर्न थालेका हुन्।
बिहीबार बसेको १८ न्यायाधीशको फुलकोर्ट बैठकले यसअघि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन अनुसार गोलाप्रथा प्रणालीलाई लागु गराउने निर्णय लिएको थियो।
यससँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अधिकार कटौतीमा पर्नेछन्। शुक्रबारदेखि इजलास फर्किएका सबै न्यायाधीशले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा पनि हेर्न थालेका छन्।
तर गोलाप्रथा प्रणालीद्वारा पेशी तोक्नुअघि उनीहरुले दुई पक्षीय बहसका मुद्दामा सुनुवाइ गर्ने छैनन्।
उनीहरुले शुक्रबारदेखि मिलापत्र, तामेली, निवेदन फिर्ता र संशोधनसहितका मुद्दा हेर्न थालेका छन्। शुक्रबारबा लागि जबराले १० वटा इजलास तोकेका छन्।
तर उनले आफ्नै लागि भने कुनै इजलास तोकेका छैनन्। यसअघि कात्तिक ३० मा ५ जना न्यायाधीश इजलास फर्किएर मुद्दा हेर्न थालेका थिए।
सर्वोच्चका न्यायाधीशहरु आन्दोलन छाडेर काम फर्किए पनि नेपाल बार एसोसिएसनले भने जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताएको छ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply