सर्वोच्चका सबै न्यायाधीश २५ दिनपछि इजलास फर्किएर मुद्दा हेर्न थाले
३ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका सबै न्यायाधीश इजलास फर्किएका छन्। प्रधानन्यायाधीशविरुद्ध आन्दोलन थालेर कात्तिक ८ गतेदेखि इजलास बहिष्कार गरेका सबै न्यायाधीशले शुक्रबारदेखि मुद्दा हेर्न थालेका हुन्।
बिहीबार बसेको १८ न्यायाधीशको फुलकोर्ट बैठकले यसअघि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन अनुसार गोलाप्रथा प्रणालीलाई लागु गराउने निर्णय लिएको थियो।
यससँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अधिकार कटौतीमा पर्नेछन्। शुक्रबारदेखि इजलास फर्किएका सबै न्यायाधीशले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा पनि हेर्न थालेका छन्।
तर गोलाप्रथा प्रणालीद्वारा पेशी तोक्नुअघि उनीहरुले दुई पक्षीय बहसका मुद्दामा सुनुवाइ गर्ने छैनन्।
उनीहरुले शुक्रबारदेखि मिलापत्र, तामेली, निवेदन फिर्ता र संशोधनसहितका मुद्दा हेर्न थालेका छन्। शुक्रबारबा लागि जबराले १० वटा इजलास तोकेका छन्।
तर उनले आफ्नै लागि भने कुनै इजलास तोकेका छैनन्। यसअघि कात्तिक ३० मा ५ जना न्यायाधीश इजलास फर्किएर मुद्दा हेर्न थालेका थिए।
सर्वोच्चका न्यायाधीशहरु आन्दोलन छाडेर काम फर्किए पनि नेपाल बार एसोसिएसनले भने जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताएको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply