खुमलटारमा प्रचण्ड र विप्लवबीच भेटवार्ता
४ मंसिर ,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच आज भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न शनिबार बिहान विप्लव खुमलटार पुगेका हुन् । भेटमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा पनि सहभागी थिए ।
प्रचण्ड र विप्लवको भेटमा पूर्व माओवादी घटक एकताको विषयमा छलफल भएको खुमलटार स्रोतको दाबी छ । दुई नेताबीच कम्युनिस्ट ध्रुवीकृत गर्ने विषयमा कुराकानी भएको छ । दुई नेताबीच तत्काल सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल चलाउँदै जाने समझदारी बनेको खुमलटार स्रोत बताएको छ । विप्लव निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाहीले सुनाए, ‘भेटका क्रममा एमसीसी, मूल्यवृद्धि र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
प्रचण्डले पार्टी एकताका लागि पूर्व माओवादी नेतासँग छलफल भइरहेको सार्वजनिक रुपमै बताउँदै आएका छन् । उनले ढिलोचाडो पूर्व माओवादी एकै ठाउँमा हुने दाबी गरेका छन् । अघिल्लो सरकारसँग गरेका तीन बुँदे सहमति भए पनि कार्यान्वयन नभएको भन्दै विप्लवले असन्तुष्टि व्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply