५ मंसिर २०७८, आईतवार ०७:२८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित
५ मंसिर, काठमाडौं । भारत, अमेरिका र बेलायतका प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ ।
समितिका सभापति लक्ष्मणलाल कर्णले कोरम नपुगेकाले आगामी १७ गते अर्को बैठक बस्ने गरी आइतबारको बैठक स्थगित भएको जानकारी दिए ।
संसदीय सुनुवाइ समिति १५ सदस्यीय छ । बैठकमा कोरम पुग्न आठ सदस्य चाहिन्छ । तर बैठकमा पाँच,सात जनामात्रै सदस्य उपस्थित भएको एक कर्मचारीले बताए ।
आइतबारको बैठकमा भारत, अमेरिका र बेलायतमा नियुक्तिका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ सुरु गर्ने भनिएको थियो । गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सफारिस गरेको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply