एमाले अध्यक्षमा उठ्ने भीम रावलको घोषणा
५ मंसिर, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।
आज रिपोटर्स कलवमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका हुन् ।
वर्तमान अध्यक्ष केपी शर्मा ओली नै पुनः सर्वसम्मत अध्यक्ष हुने चर्चाका बीच रावलले उमेदवारी घोषणा गरेका हुन् । मैले जहिले पनि पार्टी एकताको पक्षमा उभ्याउँदै आएको छु । पछिल्लो पटक देखिएको विवादमा पार्टीले थप क्षति व्यहोर्न नपरोस् भनेर पार्टी एकताको पक्षमा र विभाजन तथा फुटको विपक्षमा उभिएको छु, उनले भने, मैले हतोत्साहित भएर हुँदैन । सशक्त एमाले सबैको चाहना र सरोकारको विषय हो। यस पार्टीको सिर्जना र विकासमा भएको सबैको प्रयास सार्थक होस् ।
उनले वर्तमान प्रतिस्पर्धी विश्वमा पार्टी नेतृत्वमा उठ्ने बताएका छन् । वर्तमान प्रतिस्पर्धी विश्वमा पार्टीलाई नेतृत्व दिने अठोट गरेको छु, उनले भनेका छन्, चितवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको छु । एमालेको राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply