बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
६ मंसिर, बैतडी । बैतडीमा जन्ती बोकेको जीप आइतबार राति दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । म.१ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
खड्काका अनुसार जीपमा सवार सात जनामध्ये पाँच यात्रुको घटनास्थलमै मृत्यु भएको हो । दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा दशरथचन्द–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेको खड्काले बताए ।
दशरथचन्द–६ का ४८ वर्षीय हर्कबहादुर चन्द र जीप चालक डडेलधुराका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।
आइतबार राति साढे ८ बजे जीप दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन । जीप सडकबाट ७ सय मिटर तल खसेको जनाइएको छ । उक्त जीप दशरथचन्द–२ को थलाल गाउँबाट जन्ती बोकेर दशरथचन्द–६ को सिमायलतर्फ जाँदै थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply