बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
६ मंसिर, बैतडी । बैतडीमा जन्ती बोकेको जीप आइतबार राति दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । म.१ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
खड्काका अनुसार जीपमा सवार सात जनामध्ये पाँच यात्रुको घटनास्थलमै मृत्यु भएको हो । दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा दशरथचन्द–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेको खड्काले बताए ।
दशरथचन्द–६ का ४८ वर्षीय हर्कबहादुर चन्द र जीप चालक डडेलधुराका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।
आइतबार राति साढे ८ बजे जीप दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन । जीप सडकबाट ७ सय मिटर तल खसेको जनाइएको छ । उक्त जीप दशरथचन्द–२ को थलाल गाउँबाट जन्ती बोकेर दशरथचन्द–६ को सिमायलतर्फ जाँदै थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply