सर्वोच्चमा आज पनि कानुन व्यवसायीको आन्दोलन जारी
७ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित कानुन व्यवसायीले विरोध कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् । सोही क्रममा कानुन व्यवसायीहरुले मंगलबार बिहान सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका छन् ।
आफ्नो माग न्यायिक शुद्धीकरणका लागि भन्दै उनीहरुले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । आफ्ना माग पूरा नभएसम्म बहस पैरवी नगर्ने उनीहरुले बताएका छन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एशोसिएसनले सोमबार संसद्मा रहेका विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाएको थियो । प्रधानन्यायाधीश जबराले न्यायिक क्षेत्रमा भ्रष्टार बढाएको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायत आरोप लगाउँदै नेपाल बार एशोसिएसनले करिब ४ हप्तादेखि आन्दोलित छ ।
बारले प्रधान्यायाधीश जबराको राजीनामा माग गर्दै दिनहुँजसो सर्वोच्च परिसरमा धर्ना दिँदै आएको छ । राजीनामा नआएसम्म धर्ना र विरोधका कार्यक्रमलाई मुलुकभरका अदालतमा जारी राख्ने बारको रणनीति छ ।
यता प्रधानन्यायाधीशप्रति असन्तुष्ट न्यायाधीश भने नियमित काममा फर्किसकेका छन् । गोपाप्रथाबाट मुद्दाको पेशी तोकिने भएपछि उनीहरु इजलास फर्केका हुन् । सर्वोच्च अदालत नियमावली सोमबार राजपत्रमा प्रकाशित भइसकेको छ । सो नियमावली लागूभएसँगै सर्वोच्चमा गोलाप्रथा प्रणालीबाट मुद्दाको पेशी तोकिने छ । अब गोलाप्रथाबाट पेशी तोक्न सर्वोच्च अदालतको पूर्ण बैठकले निर्णय गर्नुपर्ने हुन्छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply