आकाश नखुल्दा आन्तरिक उडान प्रभावित
९ मंसिर, काठमाडौं । तुवाँलो र हुस्सुका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । बिहानको समयमा राम्रोसँग आकाश नखुल्दा अधिकांश आन्तरिक उडानहरु प्रभावित भएका छन् । समयमा उडान नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुहरुको चाप छ । मौसमविद्का अनुसार अहिले भिजिबिलिटी १५ सय मिटरमा झरेको छ ।
विराटनगर, भरतपुर, भोजपुर, दाङ, राजविराज, सुर्खेत, धनगढी लगायतका क्षेत्रमा उडान रोकिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । तुवाँलो हटेपछि उडान सुरु हुने छ । अहिले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या नरहेको कार्यालयले जनाएको छ ।
आन्तरिक उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी ३ हजार मिटरभन्दा बढी हुनुपर्छ । मौसमविद गंगा नगरकोटीका अनुसार आज बिहान ६ बजेतिर भिजिबिलिटी १५ सय मिटरमात्रै थियो । अहिले आठ बजेको समयमा केही बढेर २ हजार मिटर पुगेको छ ।
तराईका जिल्लाहरुमा विमानस्थल अनुसार आवश्यक भिजिबिलिटी फरक–फरक छ । उदाहरणको लागि भैरहवामा भिजिबिलिटी १५ सय मिटर भए पुग्छ भने पोखरामा ५ हजार मिटर चाहिने मौसमविद नगरकोटीले बताइन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply