सांसद प्रदीप यादवलाई जसपाले केन्द्रीय सदस्यबाट हटायो
९ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सांसद समेत रहेका केन्द्रीय सदस्य प्रदीप यादवलाई कारबाही गरेको छ । यादवलाई केन्द्रीय सदस्यबाट हटाइएको हो ।
उनलाई साधारण सदस्य कायम राखिएको छ । त्यसले सांसदबाट कारबाही हुने अवस्था भने निर्माण भएको छैन । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पार्टी फुटाउने प्रयास गरेका यादवलाई सरकार परिवर्तनपश्चात् मन्त्री नबनाएपछि उनको क्षेत्रबाट आएका कार्यकर्ताहरुले बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । अध्यक्ष उपेन्द्र यादवको पुतला समेत जलाएका थिए ।
उक्त प्रकरणमा अध्यक्ष यादवकै प्रस्तावमा उनलाई केन्द्रीय सदस्यबाट हटाइएको हो । जसपा नेता इस्तियाक राईका अनुसार यादवका विषयमा छानबिन गर्न नवराज सुवेदीको संयोजकत्वमा छानबिन समिति समेत गठन भएको छ ।
प्रदीपजीका विषयमा छानबिन गर्न समिति बनेको छ, त्यो समितिले उहाँका विषयमा छानबिन गर्छ, राईले भने, छानबिनमा उहाँ निर्दोष देखिनु भयो भने उहाँमाथिको कारबाही फिर्ता हुन्छ । आरोप प्रमाणित भए कारबाही यथावत् रहन्छ । मन्त्री नबनाएको भन्दै यादवको क्षेत्रबाट आएका कार्यकर्ताले अध्यक्ष उपेन्द्र यादवको पुतला जलाएको तथा पार्टी कार्यालयमा तालाबन्दी गरेको घटनामा यादवको संलग्नता रहेको वा कार्यकर्ताले स्वस्फूर्त गरेको विषयमा समितिले छानबिन गर्नेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply