सांसद प्रदीप यादवलाई जसपाले केन्द्रीय सदस्यबाट हटायो
९ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सांसद समेत रहेका केन्द्रीय सदस्य प्रदीप यादवलाई कारबाही गरेको छ । यादवलाई केन्द्रीय सदस्यबाट हटाइएको हो ।
उनलाई साधारण सदस्य कायम राखिएको छ । त्यसले सांसदबाट कारबाही हुने अवस्था भने निर्माण भएको छैन । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पार्टी फुटाउने प्रयास गरेका यादवलाई सरकार परिवर्तनपश्चात् मन्त्री नबनाएपछि उनको क्षेत्रबाट आएका कार्यकर्ताहरुले बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । अध्यक्ष उपेन्द्र यादवको पुतला समेत जलाएका थिए ।
उक्त प्रकरणमा अध्यक्ष यादवकै प्रस्तावमा उनलाई केन्द्रीय सदस्यबाट हटाइएको हो । जसपा नेता इस्तियाक राईका अनुसार यादवका विषयमा छानबिन गर्न नवराज सुवेदीको संयोजकत्वमा छानबिन समिति समेत गठन भएको छ ।
प्रदीपजीका विषयमा छानबिन गर्न समिति बनेको छ, त्यो समितिले उहाँका विषयमा छानबिन गर्छ, राईले भने, छानबिनमा उहाँ निर्दोष देखिनु भयो भने उहाँमाथिको कारबाही फिर्ता हुन्छ । आरोप प्रमाणित भए कारबाही यथावत् रहन्छ । मन्त्री नबनाएको भन्दै यादवको क्षेत्रबाट आएका कार्यकर्ताले अध्यक्ष उपेन्द्र यादवको पुतला जलाएको तथा पार्टी कार्यालयमा तालाबन्दी गरेको घटनामा यादवको संलग्नता रहेको वा कार्यकर्ताले स्वस्फूर्त गरेको विषयमा समितिले छानबिन गर्नेछ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply