राजनीतिको निर्णायक धु्रवीकरणको लडाइँमा हामीले जित्नैपर्छ : अध्यक्ष ओली
९ मंसिर , काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकारलाई परमादेशबाट हटाइए पनि त्यो उनीहरुको अन्तिम विजय नभएको स्पष्ट गर्नुभएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपालले सञ्चालन गरेको साइबर सर्कल घोषणा कार्यक्रममा बुधबार सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले राजनीतिको निर्णायक धु्रवीकरणको लडाइँमा एमाले उभिएका बेला राष्ट्र निर्माणको अभियानमा सामेल हुन विभिन्न पाटीका कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आव्हान गर्नुभयो ।
भ्रम र प्रलोभनमा परेर पार्टी छाडेर गएकाहरुलाई पार्टीमा फर्कन पनि आग्रह गर्नुभयो । उहाँले अहिलेको सत्ता गठबन्धन व्यक्ति विशेषको स्वार्थमा बनेकाले यो सफल नहुने जिकिर गर्नुभयो । उहाँले एमालेको दशौँ राष्ट्रिय महाधिवेशनले एमालेलाई थप प्रभावकारी र सशक्त बनाउने उद्घोष गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “लोकतन्त्रमा ताजा जनादेशमा जान नदिने दुनियाँमा कहीँ हुँदैन । प्रयोग गर्न नहुने सबै अस्त्रहरु प्रयोग गरेर परमादेशबाट सरकार बनेको छ । अहिले त्यही ब्रम्मास्त्र सर्वाेच्च अदालततिर फर्किएकाले त्यहाँ छटपटी भएको छ । त्यसकारण हामी मुलुकलाई अगाडि बढाउने काममा पछि हट्ने छैनौँ । शान्ति, स्थिरता र लोकतन्त्रका लागि हामीले यो लडाईँ जित्नैपर्छ । यी पाँच दलले सक्ने भए धरहरा ढाल्ने थिए । रानीपोखरी पुर्ने थिए । चुच्चे नक्सा च्यात्ने थिए तर सक्दैनन् । किनकि यहाँ हामी जिउँदै छौँ ।”
उहाँले बदलिँदो सूचना प्रविधिको विकासलाई ध्यानमा राख्दै राष्ट्रनिर्माणका सही र आवश्यक पक्षलाई उजागर गर्न साइबार सर्कलको प्रारम्भ गरेकामा बधाई दिनुभयो । “युवामाथि एउटा आशा जागेको छ कि आज देशमा जस्तो खालको राजनीति चलिरहेको छ । देशका विरुद्ध जसरी प्रत्यक्ष र परोक्ष लगानीका माध्यमबाट सञ्चारका माध्यमबाट सूचना र सञ्चारको प्रयोग गरेर मुलुकलाई गलत बाटोमा लाने विकृत राजनीतिक स्थिति छ ।” अध्यक्ष ओलीले भन्नुभयो, “विभिन्न छिद्रहरु खोजेर धाँजाहरु खोजेर समाजलाई विभाजित गर्ने प्रयासहरु भइरहेका छन् । सञ्चारमाध्यम राष्ट्रको हित र अग्रगमनका लागि तयार गर्नुपर्ने बहुतै महत्वपूर्ण क्षेत्र हो । जनतासम्म साँचा सूचना र सही वैज्ञानिक चेतना लैजान यो साइबर सर्कलले भूमिका निर्वाह गर्न सकोस् ।”
एमालेको गत नवौँ महाधिवेशनमा आफूसँग पराजित एक नेताले ‘जो हमसे टकराएगा, ओ चुरचुर हो जायगा’ भन्ने हिन्दी उखानको प्रयोग गरेकामा टिप्पणी गर्दै अध्यक्ष ओलीले ‘नयाँ मुल्लाले बढी प्याज खाने’ जनाउनुभयो ।
उहाँले नेपाली काँग्रेसको पुच्छर समातेर हिँडेर फुर्ती लगाउने दलहरु काँग्रेसले पुच्छर हल्लाउँदा झिँगा फड्किए झैं फड्किएर जाने उद्घोष गर्नुभयो । उहाँले एमाले एकतिर, अरु अर्कोतिर भन्ने बनाउन खोजिए पनि अब एमाले भनेको नेपाली जनताकै समग्र शक्ति भएको बताउनुभयो । उहाँले पाँच दलीय गठबन्धन सरकारमा आएपछि सर्वाेच्च अदालतको आँगनमा आन्दोलन भइरहेको ‘हालत’ र बार एसोसिएशनको ‘तमासा’ हेर्न आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले जनताले पाउने विकास, समृद्धि, न्याय र प्राप्त उपलब्धिलाई कमजोर पार्ने गरी सञ्चारमाध्यमले समाचार दिन नहुने तर्क राख्नुभयो ।
उहाँले आफूहरुले गर्न खोजेका विकासका प्रयासहरुलाई पनि सञ्चारमाध्यमले सूचना र प्रविधिको दुरुपयोग गरेर गलत ढङ्गले प्रस्तुत गरेर भ्रम फिजाउने काम भएको गुनासो गर्दै साइबर सर्कलले त्यस्ता भ्रमहरु चिरेर राष्ट्रनिर्माणको भावनाको विकासमा महत्वपूर्ण काम गर्न सक्नुपर्ने र जनतामा भ्रम पार्ने प्रयासलाई पराजित गर्न सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष ओलीले ‘तस्बीरमा ओली सरकार’ नाम तस्बीर पुस्तकको लोकार्पण गरियो भने सङ्घका स्थायी कमिटी सदस्य मदन भण्डारीलाई सर्कलको संयोजक घोषणा गरिएको थियो । विगतमा रहेको ‘साइबर सेना’लाई अहिले साइबर सर्कलका रुपमा घोषणा गरिएको हो ।
नवयुग बुलेटिन बाट
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
Leave a Reply