इच्छाराज तामाङमाथिको अनुसन्धान सकियो : आठ वर्ष कैद र साढे ५ अर्ब बढी बिगो माग
१० मंसिर, काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले बिहीबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिएका छन् ।
प्रहरीले ३६ जनालाई अभियुक्त ठहर गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको छ । यीमध्ये सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्व अध्यक्ष समेत रहेका इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई मुख्य अभियुक्त बनाइएको छ । बाँकीलाई मतियारको रुपमा प्रहरीले प्रतिवेदन बुझाएको छ ।
उनीहरुलाई आठ वर्षका दरले कैद र ५ अर्ब ५९ करोड बिगो दाबी गरिएको छ । सहकारीका १,४८७ जना निक्षेपकर्ताले उनीहरुविरुद्ध प्रहरीमा ठगीको जाहेरी दिएका थिए । ठगीमा संलग्न रहेको अभियोगमा तामाङसहित वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक भगवान बहादुर सिंह, जुनियर अधिकृत शंकरप्रसाद पाठक, लेखा अधिकृत राकेश महर्जन, सहायक प्रबन्धक बुद्धराज तामाङ पक्राउ परेका छन् ।
यस्तै जुनियर सहायक प्रबन्धक कौश्तुप चेतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह, पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने, जुनियर असिस्टेन्ट म्यानेजर एलिना तुलाधर, जुनियर असिस्टेन्ट म्यानेजर मायोनानी महर्जन र असिस्टेन्ट संगीत श्रेष्ठ पक्राउ परेका छन् । बाँकी २४ जना फरार छन् । अब सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गर्ने र थुनछेक बहस हुनेछ । प्रहरीले तामाङसहित १२ जनालाई असोजमा पक्राउ गरेको थियो । गत असोज १८ गते तामाङ पक्राउ परेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply