माओवादी केन्द्रले आज देशभर पालिका सम्मेलन गर्दै
११ मङ्सिर, काठमाडौं ।नेकपा माओवादी केन्द्रले आज देशभर पालिका (स्थानीय तह) सम्मेलन गर्दै छ।
देशका ७५३ स्थानीय तह र आफ्ना सम्पर्क समन्वय समिति र विशेष समिति गरी माओवादी केन्द्रले कूल ७७६ वटा पालिकामा सम्मेलन गर्न लागेको हो। यसअघि मंसिर ४ गते माओवादी केन्द्रले देशभर वडा सम्मेलन गरेको थियो।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भर्चुअल’ माध्यमबाट पालिका सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ।
शनिबार दिउँसो १ बजे अध्यक्ष प्रचण्डले एकसाथ सबै पालिका सम्मेलनलाई सम्बोधन गर्ने छन्।
माओवादीको केन्द्रीय निर्वाचन आयोगका अनुसार पालिका सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधि पनि चयन गर्नेछ। प्रदेश सम्मेलन यही मंसिर २५ गतेका लागि तोकिएको छ।
प्रदेश सम्मेलनपछि माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म गर्ने कार्यसूची छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply