राप्रपाको महाधिवेशन आजदेखि , अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्दै
१५ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी को महाधिवेशन आज बाट काठमाडौंमा शुरु हुँदैछ । तीन राप्रपाबीच एकता भएपछि पार्टीको यो पहिलो महाधिवेशन हो । राप्रपा नेतृ कुन्ती शाहीले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिइन् ।
महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले दाबेदारी प्रस्तुत गरेका छन् । लिङ्देनलाई अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन गर्ने घोषणा गरिसकेका छन् । अर्का अध्यक्ष पशुपति शमशेर राणाले भने आफू तटस्थ बस्ने बताउँदै सहमतिमा नेतृत्व चयनका लागि प्रयास गर्ने बताएका छन् ।
लिङ्देनको साथ लोहनीसँगै डा. धवलशमशेर राणा पनि रहेका छन् । अध्यक्ष थापालाई नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेल, भुवन पाठकको साथ रहेको छ । महाधिवेशनमा झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हुने बताइएको छ । महाधिवेशनले १४७ कार्य समिति चयन गर्नेछ । काठमाडौंमा हुने महाधिवेशन तीन दिनसम्म चल्नेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply