राप्रपाको महाधिवेशन आजदेखि , अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्दै
१५ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी को महाधिवेशन आज बाट काठमाडौंमा शुरु हुँदैछ । तीन राप्रपाबीच एकता भएपछि पार्टीको यो पहिलो महाधिवेशन हो । राप्रपा नेतृ कुन्ती शाहीले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिइन् ।
महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले दाबेदारी प्रस्तुत गरेका छन् । लिङ्देनलाई अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन गर्ने घोषणा गरिसकेका छन् । अर्का अध्यक्ष पशुपति शमशेर राणाले भने आफू तटस्थ बस्ने बताउँदै सहमतिमा नेतृत्व चयनका लागि प्रयास गर्ने बताएका छन् ।
लिङ्देनको साथ लोहनीसँगै डा. धवलशमशेर राणा पनि रहेका छन् । अध्यक्ष थापालाई नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेल, भुवन पाठकको साथ रहेको छ । महाधिवेशनमा झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हुने बताइएको छ । महाधिवेशनले १४७ कार्य समिति चयन गर्नेछ । काठमाडौंमा हुने महाधिवेशन तीन दिनसम्म चल्नेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply